ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २१ गते शुक्रबार , कस्ताे रहला त दिन ?

आज मिति २०७७ साल फागुन २१ गते शुक्रबार तदनुसार सन २०२१ मार्च महिनाको ५ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, अनुराधा नक्षत्र, सप्तमी तिथी, हर्षण योग, भद्रा करण, आज चन्द«मा वृश्चिक राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५२ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे ९ बजेर २० मिनेटबाट १० बजेर ४८ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको १० बजेर ४८ मिनेटबाट १२ बजेर १५ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ,

(१)मेष राशी

समय कष्टकर खालको हुनेछ । अनावश्यक खर्च, कार्यमा ढिलाइ हुने वा मmन्मmट बेहोर्नु पर्ने, मानसिक चिन्ता अथवा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्छ । रोजगार सम्बन्धि समस्याले अथवा पारिवारीक समस्याले मन खिन्न हुनेछ,  सवारी साधन सावधानीपूर्वक चलाउनु होला, वैदेशिक व्यापार तथा लगानीको लागि समय राम्रो छ । झगडा, र विवाद बाट टाढा रहनुहोला,

(२) वृष राशी

समय राम्रो रहने छ । वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ, पार्टनरशीपमा व्यवसायमा राम्रो हुने, प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन आनन्दमय हुने , भोग विलास  मनोरन्जनमा रुचि जान सक्नेछ । व्यवसायमा रोकिएको कार्य बन्न सक्नेछ । शत्रुजनित पीडाबाट मुक्ति पाइने छ । शेयर तथा व्यापार व्यवसायमा राम्रो लगानी हुने योग छ ।

(३) मिथुन राशी

दिन राम्रो रहनेछ । कार्य बोझ बाट मुक्त भइने छ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने खालको दिन छ, गुप्त शत्रुहरु पराजित हुनेछन, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सोचे अनुसार हुनुको साथै पारिवारिक सुख पाइने योग देखिएको छ, कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन उत्तम रहनेछ

(४) कर्कट राशी

बिशेष मेहनत गर्नुपर्ने दिन छ । आज अलि कार्य बोझ थपिन सक्छ अथवा कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । आज लगानी वा खर्च गर्दा ध्यान पुरयाउनु होला । आफनो तथा वा सन्तानको स्वास्थ्यको चिन्ता गर्नु पर्ने योग देखिएको छ । अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट भने टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।

(५) सिंह राशी

चिन्ताबाट बच्नुपर्ने दिन छ, खर्च वृद्धि हुन सक्छ, कार्यमा अवरोध र स्वास्थयमा समस्या आएर दुख कष्ट अलि बढी पाइने सम्भावना पनि छ, आरोप लाग्ने डरले सताउने, नजिककाहरुसँग वैमनस्यता बढने, धर्म कर्ममा अरुचि,  यात्रा वा भ्रमण हुन सक्ने, पारिवारीक तथा दाम्पत्य सुखमा कमी, कलह, विवाद जस्ता अशोभनीय फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला,

(६) कन्या राशी

मन प्रसन्न हुने खालको दिन छ । मनमा नयाँ विचार आउन सक्छ, कार्यमा सफलता, छोटा दुरीको यात्रा वा भ्रमण, धन लाभ, आरोग्यता प्राप्ति, वस्त्रलाभ अथवा वाहन सुखको योग छ, अरुले तँपाइको कदर गर्नेछन । दाम्पत्य जीवनमा सुख प्राप्तिको साथै मित्रहरुको साथ र सहयोग पाइनेछ, शत्रुहरुले बिगार्न सक्ने छैनन, लगानीलाइ आज दिन राम्रो छ ।

(७) तुला राशी

दिन मानसिक असन्तोष दिने खालको हुन सक्छ , खर्च बढी हुन थाल्ने, कलह, कार्यहरुमा बाधा, गरेको काममा बिध्न बाधाहरु तेर्सिने, मान सम्मान वा आदर नपाइने, बिरोधीहरु सलबलाउनेछन् , धनको नोक्सानी वा दन्ड जरिवाना हुन सक्ने, रोगव्याधि बाट बच्नु पर्नेछ विशेषगरि नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्न सक्छ, कुटुम्बहरुसँग वा नजिककाहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । मनमा कलुषित भावना पलाउन सक्छ , कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था पनि आउन सक्छ, विद्यार्थीहरुलाई पढाइमा मन नलाग्ने हुन्छ । व्यवसायीहरुलाइ तथा नयाँ लगानीलाइ भने दिन अनुकुल छैन,

(८) वृश्चिक राशी

दिन राम्रो रहनेछ , आरोग्यता प्राप्ति, भौतिक संशाधन, वस्त्र तथा उपहार आदि प्राप्त हुने वा खरीद गर्न सकिने, मित्र तथा नजीककाहरुले सहयोग गर्ने, रमाइलो  जमघट र मिठो भोजनमा समय बित्ने, अरुबाट आदर सत्कार पाइने सम्भावना छ । भोग विलास, शैयया सुख, वैवाहिक सुख तथा प्र्रेम सम्बन्धको लागि दिन राम्रो हुनेछ । व्यापारिक वर्ग, व्यावसायीक साझेदारी वा अन्य किसिमको लगानीको लागि आज दिन ठीक छ।

(९) धनु राशी

समय राम्रो छैन । अनावश्यक खर्च, शारिरिक कष्ट, स्वास्थयमा समस्या आउने, मानसिक चिन्ता, शोक पर्न सक्ने सम्भावना छ । घाउ चोटपटक वा दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, आत्मविश्वासलाइ जोगाउनु होला आलस्यताले  काम बिग्रन सक्छ विद्यार्थीहरुले अलि मेहनग गर्नुपर्ने दिन छ,

(१०)मकर राशी

भाग्यले साथ दिनेछ, आय आम्दानी बढन सक्ने, सोेचेको काम बन्ने भएकोले इमान्दारीसँग प्रयास गर्नुहोला, बन्धु तथा मित्र सुख प्राप्त हुने योग देखिएको छ, आरोग्यता तथा धन धान्य को प्राप्ति हुने वा शुभ समाचार आउन सक्छ । भोग विलास र रमाइलो खानपानमा समय बित्न सक्नेछ, व्यापार व्यवसाय र लगानीको लागि दिन शुभ छ ।

(११) कुम्भ राशी

दिन राम्रो रहनेछ, परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । ईच्छित फल प्राप्त हुने अथवा शुभ समाचार आउन सक्नेछन । गरेका कामहरुमा सफलता प्राप्त हुने, कर्म क्षेत्रमा मानसम्मान, कदर प्राप्त हुने योग छ । अर्थात अरुहरुले तँपाइको मेहनत र विचारको प्रशंसा गर्न सक्नेछन्,  आफूभन्दा वरिष्ठ व्यक्तिको सहयोग पाइने सम्भावना छ, पारिवारीक तथा भौतिक सुखको लागि दिन राम्रो छ ।

(१२) मीन राशी

समय अनूकूल छैन । बिना कारण विवाद हुने अथवा आरोप लाग्ने सम्भावना छ ।  कुटुम्ब हानी तथा मान सम्मानमा कमी आउने, तामसिक भोजन हुने, शारिरिक पीडा तथा रोग व्याधिले सताउने योग छ , जति राम्रो गरेपनि अरुबाट जस पाइने छैन, सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने हुन सक्छ, कामको धपेडि पर्ने वा कामको सिलसिलामा भ्रमण पनि हुने योग छ । लगानीको लागि दिन अनुकुल छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *