महिला दिवसको अवसरमा ललितपुर महानगरमा ३ दिन महिलाको लागि मेला लाग्ने

२० फागुन, ललितपुर । ललितपुर महानगरपालिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला महासंघ संगको सहकार्यमा महिला उद्धम अभियान गर्ने भएको छ ।
“हस्तकलाको प्रवर्द्धन महिला सशक्तीकरणको सम्वर्द्धन” भन्ने नाराका साथ ललितपुर महानगरको बिशेष पहलमा उक्त मेला सुरु गर्न लागिएको हो । मेला यहि फागुन २२ देखि २४ गतेसम्म ललितपुर महानगरको प्राङ्गणमा चल्नेछ । महिला उद्दमीहरुबाट उत्पादित नेपाली उत्पादन नेपालको पहिचान अनुरुप स्थानिय हस्तकला वस्तुको बजार विकाश र प्रवर्द्धन कार्यको लागि उक्त अभियानले सघाउ पुर्याउने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।
हस्तकला व्यवसायमा संलग्न साना उद्दमी, व्यवसायीहरुलाई, उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तसंगै एकै थलोमा भेला गराई स्थानिय तथा अन्तराष्ट्रिय स्तरममा हस्तकलाको निकाश र बजार पुर्याउने उदेश्यले मेलाको आयोजना गरिएको महानगरले बताएको छ ।

तिन दिन सम्म चल्ने उक्त मेलामा प्रकृतिक रेसा, जस्तै केतुके, अलैंचि, केरा, अल्लो, बाँसबाट बनेका सामानहरु, उनि तथा सुति एवं ढाकाका सामानहरु, चाँदिक वस्तु तथा धातुका गरगहना, काष्ठकला, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिडसका सामान, हाते कागजका सामान, सेरामिक तथा माटोका सामग्री, सीसाका वस्तुहरु लगायत गरि ४५ वटा स्टलहरु रहनेछ । जसमा काठमाडौं महानगर, भक्तपुर नगर समेत सहभागी हुनेछ ।