ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, दुईपक्षबीच भएको सहमती मन्त्रिपरिषद बैठकबाट अनुमोदन

काठमाडौं, फागुन २० । ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बैठकले सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै भएको तीन–बुँदे सहमति लाई अनुमोदन गर्दै देशैभर कारागार र हिरासतमा रहेका सो समूहका कार्यकर्तालाई थुना मुक्त गर्न सर्कुलर गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सरकार र विप्लव समूहबीच भएको वार्ताबाट भएको सहमतिलाई भने शुक्रबार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारीक घोषणा पछि नै लागुहुने गरि सहमतीलाई अनुमोदन गरिएको ती मन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *