महाशिवरात्रीको अवसरमा बागमति सफाई महाअभियान पशुपतिमा केन्द्रित हुने

२० फागुन, काठमाडौं । फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रलाई केन्द्रित गरि गरिने भएको छ ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाईलाई मध्यनजर गर्दै स्वच्छ वातावरण दिने उद्देश्यले शिवरात्रिअघि र पछिका दुई शनिबार सफाइलाई पशुपति क्षेत्रमा बाग्मती सफाई महाअभियानले सघाउने भएको हो । पशुपतिक्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।
आउने भक्तजनका लागि ख्याल गर्दै १ वर्ष देखि रोकिएको विशेष पुजा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन २५ गते कृष्ण एकादशीदेखि सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्यम खतिवडाले बताए । हाललाई २ हजार एकसयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा दुई हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको जानकारी दिएको छ ।
कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक १० करोडसम्म आम्दानी हुने गरेको छ । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । हरेक वर्ष पशुपतिनाथको दर्शनका लागि महाशिवरात्रीमा देश तथा विदेशका १० लाख धेरै दर्शनार्थी आउने गरेकोमा हजारौको संख्यामा शिव भक्त बाबाहरु आउने गरेका छन् ।
व्यवस्थापनको तयारीमा आफूहरु जुटेको कोषले बताएको छ । यस वर्ष भने कोरोनाको जोखिम कायम रहेकोमा यो संख्या घटन सक्न् अनुमान कोषले गरेको छ । पशुपति परिसरमा फ्याट्ट फुट्ट बाबाहरु भने देखिन सुरु गरेका छन् ।