ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विना निस्कर्ष टुङ्गियो कांग्रेस पदाधिकारी बैठक

काठमाडौं फागुन २० । नेपाली कांग्रेसको आगामी रणनीति तय गर्न बोलाइएको पदाधिकारी बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्रीका लागि दुवै पक्षबाट प्रस्ताव आएको समयमा सरकारमा जाने वा नजाने तथा गएक कसरी जाने भन्ने विषयको छलफलका लागि बैठक वोलाइएको थियो । करिव ३ बजेका लागि बोलाईएको वैठक वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिर रहेका कारण ढिलागरि सुरु भएको थियो । बैठकमा बहुपक्षिय छलफल भएपनि ठोस निर्णय नभएको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्रीका लागि कांग्रेसको ढोका ढक्ढक्याए पनि कांग्रेसले ठोका नखोलेको प्रवक्ताको भनाई छ । झ्यालबाट आफुहरुले हेरिरहेको भन्दै संयमित भएर निर्णय गर्ने उनको भनाई छ ।

कांग्रेसले भोलीको संसदिय दलको बैठकमा थप छलफल गर्ने जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *