आज ७१ औं चिकित्सक दिवस

फागुन २० ,काठमाडौं । हरेक बर्ष फागुन २० गते विभिन्न कार्यक्रमहरु गरी नेपालमा चिकित्सक दिवस मनाउने गरीन्थ्यो ।
यो बर्ष कोरोना महामारीका कारणले गर्दा ठुला कार्यक्रमहरु आयोजना नगरे पनि नेपाल चिकित्सक संघले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।
बि सं २००७ साल फागुन २० गते स्थापना भएको संघले चिकित्सकहरुको एकता भएको दिनको रुपमा स्मरण गर्दै दिवस मनाउने गरीन्छ । संघले आज विभिन्न कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाउन थालेको हो