ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतीय गृह मन्त्रालय द्वारा नेपाल र भुटानसँगको सीमा क्षेत्रमा सिमा बल बढाउन स्वीकृति

सेयर गर्नुहोस
  • 29
  •  
  •  
  •  
    29
    Shares

भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

एसएसबीका उच्च अधिकारीलाई उद्धत गदै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ ।सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय भएको हो । निर्णयअनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका १२ युनिट थपिने छन् ।

त्यसैगरी नेपाल-भारत सिमानमा रहेका चार वटा एकीकृत जाँच केन्द्र आईसीपी ५ सय ५८ पोष्ट थप गर्ने प्रस्तावलाई पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ । चार आईसीपीमध्ये अहिले जोगवनी र रक्सौल संचालनमा आएका छन् ।त्यसैगरी भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिसको संख्यासमेत १० हजारले बढाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *