सरकारमा जाने वा नजाने निर्णय गर्न काँग्रसले डाक्यो पदाधिकारी बैठक
20 - 20Shares
काठमाडौं फागुन २० । सरकारमा जाने वा नजाने भन्ने विषयमा प्रष्ट दुई धार देखिएको कांग्रेसको पदाधिकारी बैंक आज ३ बजे सभापति निवास बुढानिलकण्ठमा बवलाइएको छ । सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आए पछि नहट्ने बताउदाँ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताइरहदाँ पधादिकारी बैठक डाकिएको हो ।
बुधबार चितवन पुगेर ३ शिर्ष नेताका तीन फरक अभिव्कति सार्वजनिक भएका थिए । सभापति शेरबहादुर देउवाले आफूलाई कुनै लोभ नभएपनि जिम्मेवारी आए पछि हट्नु भन्दै भने – ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस कुनै हालतमा सरकारमा जान नहुने जिकिर गरेका थिए। उनको भनाई थियो – ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’
सभापति शेरबहादुर देउवाले सरकारका जान तयार रहेको तथा वरिष्ठ नेता पौडेलले सरकारमा जानै नहुने बताइ रहदाँ महामन्त्री कैरालाले भने नेकपा फुटाउन नै भएपनि कांग्रेस सरकारमा जानु पर्ने तर्क गरेका थिए । यसरी शिर्ष नेताहरुकै एक मत नभउको समयमा देउवाले पधादिकारी बैठक डाकेका हुन ।