ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्र बैंकको नयाँ नियम: मोबाइल बैंकिङबाट दैनिक २ लाख र एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने

काठमाडौं फागुन २० । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट दैनिक दुई लाख, इन्टरनेट बैंकिङबाट बिल भुक्तानी वा एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने नयाँ व्यवस्था लिएको छ । बुधबार राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बएसंगै यो सुविधा थप भएको हो ।

यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिने,इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाखसम्म र बिल भुक्तानीका लागि मासिक ३० लाख तथा एकाउन्ट ट्रान्सफर गर्दा मासिक ५० लाखसम्म कारोबार गर्न सकिने सीमा तोकिएको थियो । बैंकले मासिक कारोबार सीमा हटाएर दैनिक कारोबार सीमालाई भने दोब्बर बनाएको हो ।

शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारका साथै धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबारबापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्दा पनि सीमा लागू नहुने जनाएको बैंकले कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारी कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्दा र विद्युत्, दूरसञ्चार, खानेपानी, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्दा तोकिएको सीमा लागू नहुने व्यवस्था समेत गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *