ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार-विप्लप वार्ता सकारात्मक:आजपनि वार्ता जारी रहेने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं फागुन २० । बुधबार ३ पटक वार्ता गरेको नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ । बुधबार तीन पटक भएको वार्तमा दुवै पक्षले आफ्नो-आफ्नो धारणा राखेका थिए । बुधबार पहिला दुई वार्ता बालुवाटार र तेस्रो वार्ता गृहमन्त्रीको निवास पुलचोकमा भएको थियो ।

सरकारी टोलीले विप्लप समुहलाई हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै हतियार बुझाउन आग्रह गरेको छ । भने विप्लप समुहले भने आफुहरुसंग कुनै हतियार नभएको दावी गरेको छ । विप्लव समुहले आफुमाथिको प्रतिबन्ध हटाएर जेलमा रहेको नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *