ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बार्सिलोना ‘कोपा डेल रे’ को फाइनलमा

एजेन्सी, फागुन २० । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

Image

बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २-० को हार व्यहोरेको थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्यो । क्याम्प नोउमा बर्सिलोबालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पायो । तर,लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाऊ गरे ।

Image

खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटियो । इन्जुरी समयको चौंथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो ।

Image

पिकेको गोलसंगै बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २-२ को अवस्थामा पुग्यो । र, खेल अतिरिक्त समयमा धकेलिएको थियो ।अतिरिक्त समयमा बार्सिलोनाका ब्रेथवेट चम्किए । उनले ९५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो । यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

Image

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *