ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २० गते बिहीबार, कस्ताे रहला आजकाे राशिफल ?

आज मिति २०७७ साल फागुन २० गते बिहीबार तदनुसार सन २०२१ मार्च महिनाको ४ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, विशाखा नक्षत्र, षष्ठी तिथी, व्याघात योग, गर करण, आज चन्द«मा तुला राशीमा रहनेछ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५२ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहनेछ ।। आजको राहुकाल दिउँसोको १ बजेर ४३ मिनेटबाट ३ बजेर १० मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

दिन राम्रो रहनेछ, विवाह, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा प्रयास गर्दा सोचे अनूरुप हुन सक्छ । धन तथा वाहन सुख, ख्याति वा चर्चा पाइने, मानसिक शान्ति, मिष्ठान भोजन, उत्तम स्वास्थय तथा स्त्रि सुख प्राप्त हुन सकछ ।  विवादमा सफलता पाइने, शत्रुबाधाबाट मुक्त भइने, कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, मान कदर, माया प्रेम प्राप्त हुने योग छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन छ, 

(२) वृष राशी

दिन शुभ रहने छ । कार्य सफलता, स्वास्थय लाभ, धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पीडाबाट मुक्ति, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन र स्त्री सुखमा रुचि बढन सक्छ । 

(३) मिथुन राशी

नकारात्मक उर्जाबाट बच्नु पर्ने खालको दिन छ । कुनै कुराले मन खिन्न हुन सक्छ, कार्यक्षेत्रमा बाधा वा मतभिन्नता आउन सक्छ, खर्चहरु थपिने, गरिएका निर्णयहरु गलत हुन सक्ने, सन्तान, कुटुम्ब वा सहकर्मीहरुसित असमझदारीको स्थिति आउन सक्ने, अरुको आँखा लाग्ने, शारिरिक शिथिलता लगायत अन्य खालको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना भएकोले सचेत रहनु होला,

(४) कर्कट राशी

विश्वास गरेकाहरुले निराश गर्नेछन् , धन, पैतृक सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, रोगव्याधि तथा शत्रुपक्षबाट पनि सतर्क रहनुहोला, पारिवारिक तथा घरेलु झगडा, कार्य हानी, भोजन तथा निद्रामा असुविधा, मित्रहरुबाट घात हुन सक्ने, चोटपटक जस्ता कुराहरु हुन सक्छन् , आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला,

(५) सिंह राशी

दिन सुखद रहने छ । पराक्रममा वृद्धि, मनमा प्रशन्न रहने, घरायसी सुख तथा आदर सत्कारमा सरीक भइने, धनलाभ हुने वा धनको सही ठाउँमा खर्च हुने, आरोग्य प्राप्ति हुने, मित्र तथा बन्धु सुख प्राप्त भइ विरोधिहरुको पिडाबाट छुटकारा मिल्नेछ, राज्य प्रशासन वा राज्य कर्मचारीहरुबाट सहयोग प्राप्त हुने, व्यक्तिगत प्रभावमा बढोत्तरी हुने र तर्कशक्ति बढेको महसुस हुनेछ ।  

(६) कन्या राशी

उत्साहमा कमी आउन सक्छ, मानसिक चिन्ता थपिने, बोली वचन रुखो वा ठाडो हुन सक्छ । व्यर्थको श्रम, गलत ठाउंमा धन खर्च हुने, आफन्तहरुलाई कष्ट वा झमेला पर्ने अथवा उनीहरुसँग वैमनस्यता बढन सक्ने, मनमा विकार वा असन्तोष बढने, यात्रामा सावधानी अपनाउनुहोला र क्रोध माथि नियन्त्रण राखि विवाद र मmमेलाबाट चाँही आज बच्नु पर्नेछ ।

(७) तुला राशी

दिन राम्रो रहनेछ, भोग विलासमा वा रमाइलोमा समय बित्ने, आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, हरेक कार्यमा भाग्यले साथ दिएको महसुस हुनेछ । वस्त्र लाभ, आर्थिक लाभ तथा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । नोकरीमा हुनेहरुलाई पदोन्नतिको सम्भावता, मानसम्मान पाइने, विरोधिहरुमाथि विजय प्राप्त हुने, सन्तानपक्षबाट सुख पाइने,  विद्यार्थीवर्गलाई समय राम्रो रहने छ । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन राम्रो छ ।

(८) वृश्चिक राशी

अशान्त चित्तले ग्रसित हुनुपर्ने योग छ, खर्च बढने, धन वा आफन्त हानी, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखा पर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रने योग भएकोले सावधान रहनु पर्नेछ, सन्तान पक्षमा विशेष ध्यान दिनुहोला,

(९) धनु राशी

दिन राम्रो छ । प्रयास गरेको खन्डमा आर्थिक पक्ष बलियो बन्ने योग छ, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त, विशेष रमझम र  खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थय पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ ।

(१०)मकर राशी

विशेष सुख दिने खालको दिन छ, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुन सक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने आरोग्यता प्राप्ति,  धन लाभको स्थिती बन्ने, मित्रहरुको सहयोग पाइने वा लाभ पाइने, गरेका कार्यहरुमा सफल भइने,  नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ शुरु हुने वा फरक ढंगले गर्न मन लाग्ने खालको दिन छ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ,

(११) कुम्भ राशी

दिन प्रतिकुल भइदिन सक्छ । कष्टदायी अनुभव हुने, रोगले सताउन सक्ने, चिन्ता पर्ने , धन हानी, अरुसँग विवाद र मनमुटाव आदि हुने योग छ ।  मनमा केही कुराको डर लागिरहने हुन सक्छ ।  पारिवारीक मmमेला वा चोटपटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले काम विग्रन सक्छ वा अप्ठयारोमा परिने छ  ।  खराब खालका गुप्त कुराहरुबाट टाढा  रहनु पर्नेछ । शैक्षिक तथा प्राविधिक क्षेत्रमा लाग्ने हरुलाइ भने दिन उपलब्धिमुलक रहने छ, कसै कसैलाइ जागीर वा व्यवसायमा परिर्तन को संकेत देखिन सक्छ । आफ्नो वास्तविक धरातललाइ नबिर्सिकन विगतमा भए गरेका पुराना तिता स्मृतिहरुलाइ हटाएर अनौपचारिक संवाद र छलफल शुरु गर्नुभएमा दिन सहज हुन सक्छ ।

(१२) मीन राशी

समय सन्तोषजनक नहुन सक्छ । कष्ट, पीडा, धपेडी, कलहले सताउने खालको दिन छ, झर्को लागिरहने वा विवाद हुने, आय कम खर्च ज्यादा हुन सक्छ, विश्वास गरेकाले धोका दिने सम्भावना छ, अरुबाट प्रताडित, अपमानित वा भयले ग्रसित हुनुपर्ने दिन छ, रोगव्याधिले च्याप्न सक्ने, अपच हुने वा खानपानमा समस्या आउने, दाम्पत्य सुखमा कमी  आउने योग छ, यात्रा गर्दा सावधान रहुनुहोला । लगानी वा सापट लेनदेन आादिको लागि आज दिन ठीक छैन । विवाद वा झमेलाबाट सकेसम्म बच्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *