ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलिले चिडियाघरमा पुगेर घोषणा गरे : श्रीमतिको पेन्सनबाट गैंडा पाल्छु

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले एडप्ट एन एनिमलस को उद्घाटन गर्दै एक सिंगे गैंडाको अभिभावकत्व लिएको घोषणा गरेका छन् ।

विश्व वन्यजन्तु दिवस साथै राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवको अवसरमा प्रधानमन्त्री ओलीलाई ३० वर्ष पुरानो हात्ती पवनकलीले स्वागत गरेको हो । यससंगै प्रधानमन्त्रीले पवनकलीलाई आहार खुवाएर कोषको रजत महोत्सवको उद्घाटन गरेपश्चात बग्गीमा बसेर चिडियाखानाको भ्रमण गरेका ओलिले कोषले सुरु गरेको रजत महोत्सवका अवसरमा एडप्ट एन एनिमल अभियानको सुरुवात गरे ।

आफूले अभिभावकत्व लिएको गैंडालाई श्रीमतीको पेन्सनबाट खाना खुवाउने प्रधानमन्त्रीले बताएका छन् । एक महिना निजी पैसाबाट खाना खुवाए पनि एक वर्षको खाना सरकारले खुवाउने पनि बताए र एक वर्षपछि चिडियाखाना संकटमुक्त भई आफैं खुवाउन सक्षम हुने प्रधानमन्त्रीले बताए

जेष्ठ नागरिक, गर्भवती महिला तथा बालबच्चा भएका महिलाहरुको सहजताका लागि ४ वटा विद्युतीय बग्गी सरकारका तर्फबाट सदर चिडियाखानालाई दिने घोषणा पनि प्रधानमन्त्रीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *