नेकपा (दाहाल – नेपाल) समुहहले हटायो संसदीय दलको नेता,उपनेता, सचेत सहितका नेता

काठमाडौं, फागुन १९। नेकपा( दाहाल -नेपाल) समुहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओली,उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित गरेको छ ।
पार्टी गतिविधिविपरीत काम गरेको भन्दै ओली सहित सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन समेत गरेको नेता भिम रावलले जानकारी दिए ।
आजनै बसेको स्थायी कमिटि बैठकले संसदीय दलको नेता, उपनेता, सचेतक हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।