ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारमा जाने वा नजाने भन्नेमा कांग्रस दुई धारमा, अफर आए सरकारमा जाने सभापतिको संकेतमा रामचन्द्र पौडेल भन्छन् कुनै हालतमा सरकारमा जान हुन्न

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

चितवन, फागुन १९ । सरकारमा जाने वा नजाने भन्ने विषयमा काँग्रेसमा प्रष्ट दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आए पछि नहट्ने बताउदाँ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका छन् ।
चितवन पुगेका सभापति शेरबहादुर देउवाले आफूलाई कुनै लोभ नभएपनि जिम्मेवारी आए पछि हट्नु भन्दै भने – ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’

तर चितवनमा नै पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस कुनै हालतमा सरकारमा जान नहुने जिकिर गरेका छन् । उनको भनाई छ- ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’

सभापति शेरबहादुर देउवाले सरकारका जान तयार रहेको तथा वरिष्ठ नेता पौडेलले सरकारमा जानै नहुने बताइ रहदाँ महामन्त्री कैरालाले भने नेकपा फुटाउन नै भएपनि कांग्रेस सरकारमा जानु पर्ने तर्क गरेका छन् । उनले नेकपा दाहाल नेपाल-नेपाल समुहलाई सहयोग गर्दै पार्टि फुटाउनु पर्ने जनाएका छन् । उनको भनाई छ – ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *