न्यूजिल्याण्डविरुद्धको तेस्रो टीट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी, फागुन १९ । घरेलु टोली न्यूजिल्याण्डविरुद्धको तेस्रो टीट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । वेलीङटनमा आज भएको तेस्रो खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको हो ।
जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिज दुई एकको अवस्थामा पुर्याएको छ । यस अघिका दुबै खेलमा भने न्युजिल्याण्ड विजयी भएको थियो । अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ दशमलब १ ओभरमा १ सय ४४ रनमा समेटिएको थियो ।
न्युजिल्याण्डलाई सस्तोमा समेट्न अष्ट्रेलियाका स्पीनर एस्टोन अगरले ६ विकेट लिएका थिए । न्युजिल्याण्डका मार्टीन गप्टीलले ४३ र डेभोन कन्वेले ३८ रन बनाउनु बाहेन अन्य खेलाडी क्रीजमा लामो समय टिक्न सकेनन् ।
त्यस अघि पहिला ब्याटीङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २ सय ८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७० र कप्तान एरोन फिन्चले ६९ रन बनाएका थिए । जितसंगै अष्ट्रेलियाले सिरिजमा सान्दार कम्ब्याक गरेको छ । चौथो टिट्वान्टी खेल शुक्रवार हुनेछ ।।