ताप्लेजुङका अग्नी पिडितलाई दिर्घकालिन व्यवस्थापन गर्न योगेश भट्टराईको नेतृत्वमा गृह मन्त्रीलाई ज्ञापन पत्र

ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई दीर्घकालिन पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको छ ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नि पीडतको दीर्घकालिन पुनर्स्थापनाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए जसमा भाडामा बस्नेसहित ७९ परिवार विस्थापित भएका थिए ।
आगलागीका कारण पीडितभएकाहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न स्रोत साधन दमकल तथा पानी ट्यांकीको व्यवस्थापन लगायतका अन्य आवश्यक यन्त्र उपकरणको व्यवस्था हुनुपर्ने माग सहित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
योगेश भट्टराईको हातबाट ज्ञापन पत्र बझेका गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका आगालागिबाट पिडितभएकाहरुको लागि राहतको काम सुरु भइसकेको बताएका छन् । अस्थायी आवास, खाद्यान्न लत्ता कपडा लगायतका अन्य सामग्रीको व्यवस्थापनमा सरकार त्तकाल लाग्ने मापदण्डको आधारमा आवश्यक रकम उपलब्धमा समेत सरकार जिम्मेवारी भएर अगाडी बढेको उनले बताए ।
त्तकालका लागि प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको र दिर्घकालिन सहयोगको रुपमा आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने गृह मन्त्री थापाले बताएका छन् ।