१ वर्ष देखि पशुपतिमा रोकिएको बिशेष पुजा सुरु हुँदै
11 - 11Shares

एक १९ फागुन, काठमाडौं । वर्षदेखि रोकिएको पशुपतिनाथ मन्दिरको बिशेष पुजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
कोषले महाशिवरात्रीको अवसर पारेर सुरक्षाका विधि अपनाउँदै विशेष पूजा सुरु गर्न लागेको हो । हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ ।
फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजाको सुरुवात हुने गरी तयारी गरेको कोषले बताएको छ ।
विशेष पूजाको रसिद काटेर मात्र पूजा गर्न पाईने छ । महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काट्ने र विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शनका लागि प्रवेश गर्ने व्यवस्था मिलाइने छ ।
विशेष पूजाबाट कोषलाई वार्षिक १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो