ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री बन्न पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई राप्रपा अध्यक्ष कमल थापाको प्रस्ताव

काठमाडौं फागुन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टि(राप्रपा)का अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

अध्यक्ष थापाले जनता सामाजवादी पार्टि ( जसपा) का अध्यक्ष मण्डलका सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका हुन् ।

मंगलबार स्वास्थ उपचारपछि स्वदेश फर्किएका डा भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत सहमतिको प्रस्ताव राखेका थिए । त्यसैको उत्तर दिदै थापाले डा. भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन । थापाले भनेका छन् – ‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तापाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’

फागुन ११ गेत सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन खारेज गरेसंगै राष्ट्रपतिले फागुन २३ गतेका लागि संसदको बैठक आह्वान गरेकी छन् । सोही दिन प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव राख्ने तयारी भइरहेको समयमा आगामी प्रधानमन्त्रिका विषयमा छलफल तिव्र बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *