ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोभान आगलागी: त्तकाल प्रति परिवार १५ हजार राहत दिदैं गाउँपालिका

ताप्लेजुङ, फागुन १९ ।  ताप्लेजुङको दोभानका आगलागि पिडितलाई गाउँपालिकाले त्तकाल प्रतिपरिवार १५ हजारका दरले नगद राहत दिने भएको छ । मेरिङ्देन गाउँपालिकाले तत्कालका लागि विस्थापित बनेका परिवारलाई १५ हजारका दरले नगद वितरण गरिएको र आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।

आगालागीबाट बिस्तापित भएका परिवारलाई दोभान बजारमा रहेका घर तथा आठराई त्रिवेणी गाउँपालिकाको पाथीभरा स्कुलमा अस्थाइ बसोबासको व्यवस्था मिलाइएको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सुर्यमान बराइलीले जानकारी दिए ।

मंगलबार भएको आगलागीमा गाउँपालिकको वडा नम्वर  ३ स्थित दोभान बजारमा ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट ५५ परिवार विस्थापित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *