ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा(दाहाल- नेपाल) समुहको केन्द्रिय समितिको बैठक बस्दै: प्रधानमन्त्रिलाई अविश्वासको प्रस्तावका विषयमा छलफल केन्द्रित हुने

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं,फागुन १९ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्ने नेकपा दाहाल- नेपाल समुहको केन्द्रिय समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टि कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा आगामी सरकार निर्माणको विषयमा छलफल हुने जनाइएको छ ।

२३ गते संसद बैठक आह्वान भएसंगै प्रधानमन्त्री केपी ओलीलाई अविस्वासको प्रस्ताव दर्ता गर्ने विषयमा दाहाल नेपाल समुहले दौड बढाएको छ । यस अघि प्रतिपक्षी कांग्रेस, जसपासंग छलफल गरेपनि पार्टि विभाजनको औपचारिक घोषणा गरेपछिमात्र सहयोग गर्ने दाहाल नेपाल अनिर्णित बनेका छन् ।

दाहाल- नेपाल समुहले आधिकारीकताका लागि निर्वाचन आयोगमा बहुमत केन्द्रिय सदस्यको हस्ताक्षर बुझाएपनि आयोगले यस विषयमा निर्णय गरेको छैन । उक्त समुहले आयोगमाथी दवाव श्रीर्जना गर्ने रणनीतिमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *