चन्द्र रिजाल १० बर्षपछी बने पर्यटन बोर्डको उपाध्यक्ष
सेयर गर्नुहोस
12 - 12Shares

काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् ।
रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह गत माघ २३ गते सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो ।
टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजालले पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य पाएका छन् । सदस्यबीचकै खिचातानी र एकले अर्कोलाई स्वीकार नगर्ने पर्यटन बोर्डमा १० वर्षदेखि कोही पनि उपाध्यक्ष भएका थिएनन ।