ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डिपुटी गभर्नर सिवाकोटी र श्रेष्ठको कार्यकाल सकियो, डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ संभावना बलियो

नेपाल राष्ट्र बैंकका दुई डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल मंगलवारबाट सकिएको छ ।

डिपुटी गर्भनर नियुक्ती हुनुभन्दा अगाडी सिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए भने श्रेष्ठ मानव व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

चिन्तामणी सिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिए पनि उनी गतवर्ष गर्भनरको पदमा नियुक्त हुनसकेनन् । लगानी वोर्डका पुर्व कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नाम मन्त्रिपरिषदले सिफारिस गरेपछी सिवाकोटीको गर्भनर वन्ने आकांक्षा पुरा हुन सकेको थिएन ।  

 प्रधानमन्त्रीको स्वास्थ्य , नेकपा विवाद अर्थमन्त्री खतिवडाको कार्यकालको विवाद र कोभिडका कारण गर्भनर नियुक्तीमा ढिलाईका कारण  सिवाकोटीले चैत्र(चैत्र ५ गते देखी २५ गतेसम्म) कायममुकायम गर्भनरका रुपमा काम गर्ने अवसर पाएका थिए ।

गर्भनरको पद नपाएपनि सिवाकोटीलाई बिमा समितिको अध्यक्षको प्रत्यासीकोरुपमा हेरिएको थियो । तर ,उनको स्थानमा पूर्व गृहसचिव सुर्यप्रसाद सिलवाल वीमा समितको अध्यक्षमा नियुक्त भएपछी उनको त्यो इच्छा पनि पुरा हुन सकेन ।

अब संभावित डिपुटी गर्भनर को त ?

यो पटक पनि डिपुटी नियुक्ति गर्ने निर्णायक ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल नै छन । प्रधानमन्त्रीले इच्छाएको पात्रा यो पटक संभावित गर्भनरको आकांक्षी हुन । ५ वर्ष अगाडी डिपुटी गर्भनर नियुक्तिमा पुर्न गर्भनर नेपालले तगारो थापेपनि यो पटक आफैले नियुक्ति दिएका गर्भनर भएकाले ओलीले चाहेको व्यक्ती डिपुटी गर्भनर नियुक्ती हुने संभावना निश्चित भएपनि नेकपा फुटको संघारमा रहेकाले कांग्रस समर्थकले पनि भाग पाउने निश्चित छ ।

गर्भनरले कार्य सम्पादन मुल्याङ्क दक्षता र वरिष्ठताका आधार वनाइने वताएपनि राष्ट्र बैंकमा गर्भनरपछीको दोस्रो आकर्षक र राजनीतिक नियुक्तीको पद भएकाले राजनीतिक आस्था आवद्धता र सक्रियताले मुख्य भुमिका खेल्ने विगतका नियुक्तिहरु देखाउने गरेको छ । गर्भनर महाप्रसाद अधिकारीले १७ कार्यकारी निर्देशक मध्ये ४ जना संभावित उमेद्धारको नाम अर्थमन्त्री विष्णु पौडेल समक्ष र अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा मन्त्रिपरिषदले दुई जना डिपुटी गर्भनर नियुक्ति गर्नेछ ।

१७ वटा विभागका कार्यकारी निर्देशकहरु नै डिपुटी गर्भनरका प्रमुख आकांक्षी भएपनि उनीहरुमध्ये दुई जनाले मात्रै डिपुटी गर्भनर पदमा नियुक्ति पाउने भएकाले उक्त पदका लागि राजनीतिक डौडधुप सुरु भइसकेको छ ।

अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा प्रकासकुमार श्रेष्ठ पौडेल निकट भएकै कारण उनको नाम सिनियर डिपुटी गर्भनरको रुपमा चर्चामा रहेको छ ।

त्यस्तै विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक वमवहादुर मिश्र, भुक्तानी प्रणाली विभागका भुवन कडेल, बैंक तथा बित्तीय संस्था नियमन बिभाग समालेका देवकुमार ढकाल , सार्वजनिक ऋण व्यवस्थापन कि प्रमुख कार्यकारी निर्देशक निलम ढुङ्गाना तिम्लसिना लगायतका नाम नेकपा तर्फबाट डिपुटी गर्भनरमा नियुक्ति पाउने संभावित नामहरु हुन् ।

त्यस्तै आफुलाई तटस्थ तर आवश्यकता परेमा राजनीतिक सहयोग लिन तयार रहेको वताउने नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका डा गुणाकार भट्ट पनि डिपुटी गर्भनरका अर्का प्रत्यासी हुन । उनी अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन भने उनी आफ्नो क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने र व्यवसायिकता प्रर्दशन गर्न उनी पनि उक्क पदका लागि योग्य व्यक्ति हुन ।

त्यस्तै बैंकिङ्ग सुपरिवेक्षण विभागका महानिर्देशक मुकुन्द कुमार क्षेत्री र बिकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेस भट्ट काग्रेसतर्फबाट डिपुटी गर्भनरका आकांक्षीको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *