ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेयर कपको तालिका सार्वजनिक, उद्घाटन खेलमा आर्मी र एपिएफ भिड्ने

काठमाडौं, फागुन १८ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं मेयर कप एकदिवसीय पु?ष क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । क्याले मंगलबार विज्ञप्पती जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी गरेको तालिका अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएप क्लबबीच उद्घाटन खेल हुने भएको छ । सोही दिन नेपाल पुलिस क्लबर बागमती प्रदेशबीच मूलपानी क्रिकेट मैदानमा पनि हुनेछ । फागुन २२ बाट २९ गते सम्म हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ ।

एक टिम काठमाडौं मेयर–११ रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश पाउनेछन् । प्रतियोगिता आयोजनाको लागि यस अघि नै क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने जनाएको छ । दुई किस्तामा काठमाडौं महानगरपालिकाले रकम प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *