ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अपाङ्गता भएकाहरुको समाचार सम्प्रेषण गर्दा शब्दावलिमा ख्याल गर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं, फागुन १७ । आमसन्चार माध्यममा प्रसारण हुने कार्यक्रमले र प्रयोग हुने शब्दावलिले अपाङ्गताको गरिमामा खलल पुर्याउने काम गरेको भन्दै प्रेस काउन्सिल नेपाल र नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले गरिमा बचाउन सन्चार माध्यमलाई अपिल गरेका छन् ।

सन्चार माध्यममा प्रयोग गरिएका शिर्षक कुनै कार्यक्रममा बोलिएका उखान टुक्का र शब्दावलि यसरी अपाङ्गता भएका व्यक्तिको लागि भेदभाव बनेको देखिन्छ । प्राय साना देखि सबै मिडियामा प्रयोग गरिएका केही भाषा कति प्रयोग गर्ने वा नगर्ने विषयमा धेरैलाई थाहा नै छैन, यहि थाहा नहुँदा यसरी प्रयोग गरिएका भाषाले समाजमा कतै कसैलाई असर परेको छ कि ?  हो त्यस्तै सन्चार माध्यममा प्रयोग गरिएका केही भाषा र शब्दावलिले अपाङ्गता भएका व्यक्तीलाई पक्कै असर पुगेको छ ।

आफूहरुको यो अपाङ्गताको अवस्थालाई धेरैले भेदभाव गरेको भन्दै यसको लागी सचेतना बढाउनुपर्ने, अपाङ्गताको अधिकारका विषयमा सन्चार गृहहरुले पहल गर्नुपर्ने , सहजता रोजगारी राजनैतिक सहभागिता जस्ता विषयमा आबद्ध हुन् संचार माध्यमको भूमिका आवश्यक रहेको उनिहरुले बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि अपाङ्गमैत्री सन्चार निर्देशिक २०७३ समेत बनेको छ । जसले “अपाङ्गता भएका व्यक्तिको गरिमामा आच आउने शब्दावलि तस्बिर वा भाषा वा त्यस्तो आशय प्रकट हुन नहुने र आमसन्चार माध्यम तथा पत्रकार थप जिम्मेवारी संवेदनशिलता र उत्तरदायि बन्नुपर्ने उल्लेख गरेको छ”

तर यसरी सन्चार मात्र्यममा कुनै चलचित्र वा नाटक वा सामाजिक सन्जालमा लुलो लङ्गडो अन्धो कानो पागल बौलाहा जस्ता शब्द प्रयोग भएकै देखिन्छन् ।

केही सन्चार माध्यममा प्रयोग भएका भाषा जस्तै :

लाटो जस्तो

कानो सरकार

 अन्धो सरकार

 अपाङ्ग सरकार

 लंगडो सरकार

 के खोज्छस काना आँखो

लगायतका धेरै शब्दावलिले उनिहरुको वास्तविकतामा पक्कै भेदभाव गरेको देखिन्छ । यस्तो समस्यमा निराकरण गर्नको सन्चार माध्यमबाट विभिन्न सचेतनामूलक कार्यक्रम गर्नुपर्ने साथै सबै क्षेत्रमा देखिएका संवेदनशिलतालाई बिशेष खयाल गर्नुपर्ने यसका जानकारहरुले बताएका छन् ।

“सन्चार माध्यममा भएका गल्ती सच्चाउन र अपाङ्गता भएका व्यक्तीहरुको गरिमा बचाउन प्रेस काउन्सिल नेपाल प्रयासरत रहनेछ” प्रेस काउन्सिल नेपालका अध्यक्ष गोपाल बुढाथोकिको भनाई छ । उनले भने निर्देशिका अनुरुप अपाङ्गता भएका व्यक्तिको गरिमामा आँच आउने कुनै यस्ता शब्दावलि कुनै पनि सन्चार माध्यममा प्रयोग भएमा काउन्सिलले कार्बाही गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *