मोरङको उर्लावारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुदैं, प्रधानमन्त्रीले शिलान्यास गर्ने
मोरङ,फागुन १८ । सहरी विकास मन्त्रालयले मोरङको उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा निर्माण हुने बस्तिको विकासका लागि सम्पूर्ण तयारी भइसकेको र आज नै प्रधानमन्त्री केपी ओलीले बस्तिको सिल्यान्यास गर्ने कार्यक्रम रहेको छ ।
३० करोड लगानीमा निर्माण हुने बस्तिमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण हुने छन् । एकीकृत बस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरी गरिने छ ।
सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायत निर्माण हुने र प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालय रहने शहरी विकास मन्त्रालयको भनाई छ ।