ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्व प्रधानमन्त्री डा. भट्टराई स्वास्थ्य उपचार पछि स्वदेश फर्कदैं

काठमाडौं फागुन १८ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचार पछि आज स्वदेश फर्कदै छन् । फागुन ९ गते स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका भट्टराई आज स्वदेश फर्कन लागेका हुन् ।

भट्टराई  नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

दुई/तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *