ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकिकरण गर्न चुचाघाँटी मिलाएका दुई अध्यक्ष अहिले पानी माथीकाे ओभानो बन्न खाेज्दै !

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं फागुन १८ । केही समय पहिलामात्र जेट विमानका दुई पाइलट भन्दै हातेमालो गरेका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एक अर्काको प्रशंसा गरेर थाक्दैनन्थे । तर त्यसकव ठिक विपरित अहिले उनीहरु एकले अर्कोलाई गर्ने गालीको स्तर हेर्दाँ आम जनतालाई लाजको विषय बन्न थालेको छ ।प्रधानमन्त्री ओलीले सोमबार दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिनसक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले दिएको बहुमत गतल प्रयोग गरेको भन्दै भने-‘उहाँहरू (दाहाल–नेपाल समूह)सँग भएको बहुमत मैले दिएको हुँ, पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रूपमा प्रयोग भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला हटाउन सकिन्छ, नियुक्ति दिनेले नियुक्ति बदर पनि गर्न सक्छ ।’

तेस्तै प्रधानमन्त्री ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रूपमा हटाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका छन् । विधि र पद्धतिअनुसार हटाए प्रतिपक्षमा बस्न तयार रहेको उनको भनाई छ ।

सोमबार नै अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लाएका छन् । संसद पुन: स्थापना पछि पनि नैतिकताका आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।  

यसरी दुई अध्यक्षहरु विच एक अर्कालाई चिडियाउने र खुइल्याउने क्रम जारी रहदाँ जनताले भने दुई अध्यक्ष मध्ये को पानी माथी छ त्यो भने मुल्याङ्कन जनताले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *