आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?

आज मिति २०७७ साल फागुन १८ गते मंगलबार तदनुसार सन २०२१ मार्च महिनाको २ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, हस्ता नक्षत्र, तृतीया तिथी, गन्ड योग, भद्रा करण, आज चन्द«मा कन्या राशीमा रहेको छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५३ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहनेछ । आजको अमृत समय दिउँसोको १२ बजेर १६ मिनेटबाट १ बजेर ४३ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोका ३ बजेर १० मिनेटबाट ४ बजेर ३७ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।
(१) मेष राशी
दिन शुभ छ । धन लाभ, वाहन सुख, वैवाहिक सुख, रिस गर्नेहरु पराजित हुनेछन, मान सम्मान्, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सुखमा रुचि बढने । स्थानीय होइन तर वैदेशिक व्यवसायको लागि दिन राम्रो छ, आयात निर्यात को लागि समय अनुकुल रहने छ । कसै कसैलाई घरबाट टाढा जानु पर्ने वा बस्नु पर्ने अवस्था आउन सक्छ अथवा टाढाको मान्छेसँग भेट हुने वा कुरा हुने सम्भावना पनि छ ।
(२) वृष राशी
दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने सम्मको अवस्था आउन सक्छ । वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ , शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको हानी, मनमा अशान्ति, अपयशको भागि हुनु पर्ने तथा बेकारमा दुख पाइने योग देखिएको छ । सावधान रहनु होला । तामसिक भोजन, मासांहार आदि लिने गर्नु भएको छ भने आज त्याग गर्नुहोला । कुनै पनि कुराको आसक्तिबाट कामुक विचारहरुबाट आज बच्नु होला, अनावश्यक सम्पर्क र चाहिने भन्दा बढी बोलचाल नगर्दा राम्रो ।
(३) मिथुन राशी
आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज मन अस्थिर वा चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुन सक्ने, समाजमा अपमान हुने भय ले सताउन सक्ने, जल तथा स्त्रि जातिबाट पिडा पाइने वा गरेका कार्यहरुमा हानीको योग रहेकोले सचेत रहनु पर्नेछ, समयमै भोजन तथा खानपान नहुने, निद्रामा असुविधा हुन सक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , कसै कसैलाई छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला।
(४) कर्कट राशी
भाग्यले साथ दिनेछ । मन प्रसन्न हुने, धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, वैवाहिक खुशी प्राप्त हुने, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्र सुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, विभिन्न प्रकारका व्यक्तिहरुसँग सम्पर्क बढने, अथवा चिताएको महिलाको सम्पर्कका आइने योग छ, कसै कसै लाई यात्रा वा भ्रमणको स्थिति पनि बन्ने योग छ, प्रेम सम्बन्धको लागि दिन राम्रो छ ।
(५) सिंह राशी
दिन अनुकुल नहुन सक्छ , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, मान सम्मानमा कमी, शत्रु वृद्धि, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । मनलाई कलुषित भावनाले ग्रस्त बनाउन सक्छ । कसै कसैलाई घरबाहिर बस्नु पर्ने अवस्था पनि आउन सक्छ, अथवा घरबाहिरको काममा दौड धूप गराउँनेछ, विद्यार्थीहरुलाई आज पढाइमा मन नलाग्न सक्छ ।
(६) कन्या राशी
भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल दिनेछ । कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ । समग्रमा दिन सुख र आनन्द दिने खालको रहने छ ।
(७) तुला राशी
दिन अनुकुल छैन । खर्चमा अत्यधिक वृद्धि हुने, मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने ।। कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, शोक पर्न सक्ने वा विछोडिनु पर्ने सम्म हुन सक्छ । सन्तान हरुले सहयोग नगर्न सक्छन् वा उनीहरुको कारणले तनाव उत्पन्न गराउँन सक्छ । आज हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ । घमन्ड र शक्तिको अपव्यय नगरेको खन्डमा दिन श्रेयस्कर रहन सक्छ ।
(८) वृश्चिक राशी
दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको मेहनत र खुबीको अरुले प्रशंसा गर्ने छन । अडकिएको कार्य अथवा धन सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । जेष्ठ नागरिकको आशिर्वाद र सहयोग लिनु होला, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।
(९) धनु राशी
दिन शुभ रहने छ , प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , कार्य क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । बौद्धिक क्षमतामा बृद्धि भइ नयाँ नयाँ विचार तथा योजनाहरुले आत्मविश्वास बढने छ, धार्मिक तथा आध्यात्मिक क्षेत्रको साथै सत्मार्ग तिर मन जान सक्ने । पारिवारिक खुशी प्राप्त हुने, रमाइलो जमघट वा मिठो खानपान हुन सक्ने योग रहेको छ । गर्भवति महिलाहरुले भने सावधानी अपनाउनुहोला ।
१०) मकर राशी
दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा जकडिने स्थिती आउन सकछ, मानसिक तनाव बढने, वादविवाद बढने, पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता भयप्रद प्रतिकुलता आउन सकछ । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ ।
(११) कुम्भ राशी
समय अझै प्रतिकुल छ । व्यर्थको श्रम गर्नुपर्ने हुन सक्छ, धनको दुरुपयोग, मानसिक तनाव, कष्टदायी भ्रमण तथा शारिरिक पीडा हुन सम्भावना छ, मन आज अस्थिर र अधैर्य हुनेछ, कसै कसैलाई अपमानित हुनु पर्ने वा मित्रहरुले घात गर्न सक्नेछन, आफन्तजनमा कलह वा मनमुटावको स्थिीति पनि बन्न सक्छ, कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज विशेष सचेत हुनुहुनु होला।
(१२) मीन राशी
दिन अनुकुल रहनेछ । लाभकारक तथा सुखदायी बसाइ हुने । समाजमा अथवा आफना वरिपरिका हरुबाट मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा उल्लेख्य सुधार आउने, रति सुख वा स्त्रि सहवास सुखको अवसर मिल्ने, भोग विलासिता साधन जुटनुको साथै वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ, छोटो दुरीको लाभदायक यात्राहरु हुने र व्यापार व्यवसायमा फाइदा हुने खालको दिन छ ।