औषधि खरिदमा भ्रष्ट्राचार मौलाएको भन्दै खुला करार गर्न ट्रान्सपरेन्सीको सुझाव
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले स्वाथ्य क्षेत्रको खरिद अनुगमनमा भएको भ्रष्ट्राचार रोकी औषधि मूल्य, अभाव कम गर्न खुला करार गर्नुपर्ने आवश्यक रहेको दाबी गरेको छ ।
भ्रष्टाचारका क्षेत्रमा अध्ययन गर्दै आएको नागरिक संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलले नेपालको स्वास्थ्य क्षेत्रको खरिद प्रक्रिया सहि नहुँदा स्वास्थ्य सेवाको स्तर खस्किएको भन्दै खुला करार खरिद प्रक्रियामा सरकारले पहल गर्नुपर्ने बताएको छ ।
यसो गर्नाले सूचना आदान प्रदान, सबै क्षेत्रको समान सहभागिता हुने, सरकार, व्यवसायी र नागरिकलाई थप पारदर्शी र उत्तरदायी बनाउने हुँदा स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगरी खुला करार खरिद अभ्यास आवश्यक रहेको बताएको छ । यसो गरेमा विश्वसनियता बढने स्वास्थ्य सेवामा सुधार हुने लागत मूल्य घटने दाबी ट्रान्सपरेन्सी ईन्टरनेशनलको छ ।
औषधि खरिदमा राज्यले नीजि व्यवसायीसंग कुनै छलफल नगरेको भन्दै व्यवसायीले आपत्ती जनाएका छन् । पहुँचको अभाव, केही नीजि कम्पनिले गरेका आफूखुसि अफरका विषयले भ्रष्ट्राचार बढदा नीजि क्षेत्रका वास्तविक व्यवसायी मारमा परेको र राज्यले समेत भेदभाव गरेको व्यवसायीको गुनासो छ ।
स्वास्थ्य क्षेत्रको खरिद प्रक्रियामा भएको भ्रष्ट्राचारले औषधिको अभाव, उच्च मूल्य वृद्धि, गलत औषधिको घुसपैठ र कम गुणस्तरका औषधि समेत भित्रिएको भन्दै यस्तो कदम रोक्नको लागी ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले सरकारसंग नीजि व्यवसायीका विषय र यस क्षेत्रका समस्यमा आवाज उठाउँदै आएको छ ।