ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सोलु एफ.एम.मा आग लागि

सोलुखुम्बुको सोलु एफ.एम.मा आगलागी हुँदा सम्पूर्ण उपकरण जलेर नष्ट भएको छ ।

आइतबार मध्यरातमा भएको आगलागीवाट उपकरणका साथमा फर्निचर र भवनमा समेत क्षति हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको रेडियोले जनाएको छ ।रेडियोको अन एयर रुमवाट शुरु भएको आगलागीवाट रेडियोको सम्पूर्ण प्राविधिक उपकरण, फर्निचर जलेर नष्ट भएको स्टेशन म्यानेजर भोजराज कार्कीले बताए । आगला’गीवाट रेडियोको ५ वटा कोठा पूर्ण रुपमा क्ष’ति हुनका साथै अन्य ३ वटा कोठामा आंशिक क्षति भएको छ ।

आगलागीवाट रेडियोकै भवनमा रहेको योंग स्टार केबल टिभी र मनकामना नेटवर्कको इन्टरनेटमा समेत क्षति पुगेको योंग स्टार क्लव तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।आगलागीको कारण खुल्न सकेको छैन । आगलागी स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिकाको दमकल सेवा लगायतको संयुक्त प्रयासमा करिब ४ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण प्राविधिक उपकरण र भवनमा क्षति पुगी अबरुद्ध भएको सोलु एफएमको प्रसारणलाई पुनः सुचारु गर्न सहयोग गर्न सोलु एफएमले सबैलाई अपिल गरेको छ ।सोलु एफएम सञ्चालक संस्था योंग स्टार क्लवको सोमबार बिहान बसेको आकस्मिक बैठकले तत्काल अस्थायी रुपमा रेडियो सञ्चालन सुचारु गर्न आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।सोलु एफएमको आग्रह बमोजिम नागरिक स्तरवाट स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्ने क्रम शुरु भएको सहयोग संकलन समितिका संयोजक मनोज श्रेष्ठले जानकारी दिए ।

पूर्वी नेपालको पहिलो सामुदायिक रेडियोको रुपमा सोलु एफएम २०६१ भदौ ११ गतेदेखि सञ्चालनमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *