ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुरस्कृत डाक्टर नै नक्कली

फागुन १७,काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै नक्कली भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा दर्ता गरेको छ।

ग्राण्डीमा कार्यरत डाक्टर विजयश्याम रन्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दर्ता गरिएको छ । डा रन्जितले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको पुष्टि भएपछि मुद्दा दर्ता भएको हो ।नक्कली दर्ता नम्बर लिएर काम गरेको पाइएपछि लिखतसम्बन्धी कसुरको आरोपमा सिआइबीले एक साताअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

२०७१ सालदेखि रन्जितमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *