राप्रपाले पारित गर्यो निर्वाचन निर्देशिका

काठमाडौं फागुन १७ । बैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन निर्देशिका पारित गरेको छ । सोमबार बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको हो
बैठकले निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । जसमा वडा देखि जिल्ला तहसम्मको कार्यसमितिको निर्वाचन चैत मसान्तभित्र गरिसक्ने ,सक्रिय सदस्यता वितरण चैत १५ सम्म गर्ने, महाधिवेशन प्रतिनिधि निर्वाचन बैशाख १० सम्म गर्ने र प्रदेश कार्यसमिति निर्वाचन बैशाख १५ भित्र गरिसक्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै समायोजन गर्न बाँकी जिल्लाहरूको ७ दिनभित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति बनाएको छ ।
