आफ्नो ज्यानको खतरा रहेको भन्दै ओलीले भने-‘म नरहेपनि केही छैन आन्दोलन छ, पार्टी छ’
पोखरा, फागुन १७ । प्रधानमन्त्री केपी औलीले गरेको विकासका कारण देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको र आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका छन् । सोमबार पोखरामा पुगेर ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका दावी गरे ।
नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने – ‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ । तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’
तेतिमात्र हैन आफू नरहे आन्दोलन र पार्टि रहने भन्दै ओलीले भने – ‘म नरहेपनि केही छैन आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’