ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फागुन २३ गते दिउँसो ४ बजेलाई संसद बैठक बोलाउन सरकारको सिफारिस

काठमाडौं फागुन १७ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन २३ गते दिउँसो चार बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन पश्चात फागुन ११ मा सर्वोच्चले संसद पुन स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । सोही आदेश अनुसरा मन्त्रिपरिषदले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते दिउँसो चार बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *