कोरोना विरुधको खोप लगाउदैं कोभिड- १९ मुक्त बनाउन मोदीको ह्वावान
एजेन्सी, फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मीदीले आज कोरोना विरुधको खोप लगाएका छन् । मोदीले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।
मोदीले खोप लगाउपछि सवैलाई खोप लगाउन आग्रह समेत गरेका छन् । भनले भनेका छन् – ‘आऔँ सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाऔँ ।’ मोदीले दोस्रो चरणको खोप अभियान सुरु गर्दै खोप लगाएका हुन् । दोस्रो चरणमा भारतले ६० वर्षमाथिका नागरिक, गम्भीर बिरामी र ४५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई कोरोना खोप लगाउदै छ ।
भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ ।