ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का हिमपात

काठमाडाैं, फागुन १७ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का हिमपातकाे सम्भावन रहेकाे छ ।

हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल देशका पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिक बदली भएको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *