ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रिमियर लिगः लिभरपुलद्वारा सेफिल्ड पराजित

एजेन्सी, फागुन १७ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिगमा सेफिल्डमाथि सहज जित निकालेकाे छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

Image

सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Image

तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो । जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।

Image

लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *