ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ट्राफिक प्रहरी नागरिक मैत्री अभियान सुरु गर्दै, महिनामा २ ट्राफिकलाई सम्मान गरिने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

फागुन १७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री सेवा थप प्रभावकारी बनाउन प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्ने कार्यक्रम थालेको छ ।

ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार आवश्यक रहेको भन्दै उक्त कार्यक्रमको शुरुआत गरेको छ ।

ट्राफिक प्रहरी संग दैनिक कामको शिलसिलामा जोडिने सेवाग्राहीलाई अनुग्रहीत भई व्यवहार गर्न आवश्यक रहेको भन्दै कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान गर्ने उदेश्यका साथ मूल्याङ्कन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महानगरिय ट्राफिक महाशाखाले बताएको छ ।

प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नैतिक, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको छ।

यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागू गरिएको महाशाखाले जानकारी दिएको छ ।

एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरी प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासनलगायत विषय समेटि मूल्याङकन हुनेछ 

प्रत्येक महिना सर्वोत्कृष्ट सेवाप्रवाह गर्ने दुईलाई वृत्ति विकास सहित गरी नगद पुरस्कार एवं सम्मान गरिने महाशाखाले बताएको छ

 ट्राफिक प्रहरीको नागरिक मैत्री सेवाप्रवाह हुने यस अभियानबाट

आमसेवाग्राही एवं सडक प्रयोगकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्न सकिने महाशाखाको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *