ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रात्री ध्यान: रात्रीको निद्राको अन्तिम विचार बिहानको पहिलो विचार बन्छ ।

फागुन १६,काठमाडौं । रात्रि ध्यान: रात्रीको निद्राको अन्तिम विचार बिहानको पहिलो विचार बन्छ ।

सुत्न भन्दा पहिला रातिमा गरिने ध्यान विस्तारामै सुतेर गरिन्छ ध्यान चुपचाप गरिसकेपछि चुपचाप सुत्नु  पर्दछ ।

राती सुत्नुभन्दा अगाडी जब ध्यानमा उत्रिन्छौ तब पुरै निद्रा परिवर्तन हुन थाल्दछ पुरै निद्रा जब ध्यान बन्छ । रातिमा जो अन्तिम विचार हुन्छ त्यही निद्रामा केन्द्रित हुन्छ । र बिहान उठ्दा पहिलो विचार त्यही हुन्छ । जब रातीमा क्रोधको विचार गरिन्छ भने बिहान उठदा पहिलो विचार क्रोधपूर्ण हुन्छ ।

बिहान हामी त्यसैलाई सम्झिन्छौ जुन रातिमा ग्रहण गरिएका अन्तिम विचार हुन्छन् । रातमा पुरै निद्रा पुरै ध्यानको वरिपरि हुनुपर्दछ, उहि शान्तिको वरिपरि हुनुपर्दछ र यहि शान्तिमा निद्रामा पुग्छौ, विस्तारै विस्तारै सपना शून्य हुन थाल्छन, विचार शून्य हुन थाल्छन्, जब निद्रामा गहिरो सागर बन्न थाल्दछ । जब गहिरो निद्रा पछि ब्युझिन थालिन्छ बिहानी पखको शुरुवातनै स्थिर, शान्ती र पहिलो विचार नै शान्तीको अनुभूति गर्न थाल्दछ ।

रातीको ध्यान विस्तारामा सुतेर गरिन्छ यसका यी ३ विधि सुरु गरौं 

१. पहिला शरिर शिथिलताका भाव

२. दोश्रो श्वास शिथिलताको भाव

३. तेश्रो मन शिथिलताको भाव

पहिला शरिरको पुरै खुला र स्वतन्त्र, शिथिल छोडदिनु पर्दछ र ३ मिनेट सम्म पुरै यो ख्याल सम्झिराख्नुपर्दछ कि शरिर पुरै खुला, ढिला, स्वतन्त्र, शिथिल छ । शरिर शिथिल हुनसाथ श्वास शान्त र शिथिल हुन थाल्दछ । विस्तारै ३ मिनेट सम्म मनमा भाव राख्नुपर्दछ कि श्वास स्थिर, शान्त, शिथिल छ यही सोचि राख्नुपर्दछ । विस्तारै मन आफै शान्त र शिथिल हुन थाल्दछ । जब शरिर शिथिल हुन् थाल्छ तब श्वास शान्त हुन थाल्दछ जब श्वास शान्त हुन थाल्छ तब मन शान्त हुन थाल्दछ ।

यस्तै ३/३ मिनेट यो भाव गर्दा १० मिनेटसम्म चुपचाप आफूलाई शान्त राख्नुस कुकुर भुक्छन, चराचुरुङ्गी कराउँछन्, बाहिर जे हुन्छ हुन दिनोस त्यसमा कुनै वास्ता नगर्नुस केवल जे हुन्छ चुपचाप सुन्दै जानुस । यो क्रिया सकेसम्म एक्लै गर्नुस ताकी तपाईंको कारण कसैलाई समस्या नहोस  । _ओशो साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *