प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापामा ४ पुलको उद्घाटन ३१ पुल शिलन्यास

१६ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् भने विभिन्न खण्डमा बन्ने ३१ वटा पुलको शिलन्यास गरेका छन् ।
मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुल शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले चुलाचुली गाउँपालिका जोड्ने गरी रतुवाखोलाबाट संयुक्त शिलान्यास गरेका ३१ वटा पुलहरु सबै मदनभण्डारी राजमार्गमा बन्नेछन् ।
करिब ६ अर्ब रुपैयाँ लागत रहेको यी पुलहरु निर्माणका लागि मदनभण्डारी राजमार्ग आयोजना विभिन्न १३ वटा निर्माण कम्पनी छनोट गरेको छ ।