ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सैन्य ‘कु’ को विरोधमा सडकमा आएका जनता माथी सेनाले गोली चलाउदाँ म्यानमारमा १८ जनाको मृत्यू

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

एजेन्सी फागुन १६ । म्यानमारमा सैनिक ‘कु’को विरोध गरिरहेका नागरिकमाथी सेनाले गोली चलाउदाँ १८ जनाको मृत्यु भएको छ । सेनाले अपदस्थ गरेकी नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनसमेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् । यही क्रममा सेनाको गोली लागि १८ जनाले ज्यान गुमाएका हुन् । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक ‘कु’को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ

 यही महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरे पनि सेनाविरुद्धको प्रदर्शन रोकिएको छैन । आइतबार बिहानदेखि ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए । यङ्गुन, डावेई र मङ्डालेमा चलेको गोली लागेर प्रदर्शनकारी मृत्यु भएको  हो ।

म्यानमारमा सेनाले गत १ फेब्रुअरीमा तत्कालीन राष्ट्रपति र आङ सान सु चीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *