ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वमन्त्री भट्टराई सवार सवारीले ठक्कर दिदाँ साइकल यात्री घाइते

रौतहट फागुन १६ ।  पूर्व मन्त्री तथा नेकपा दाहाल – नेपाल  समुहका नेता योगेश भट्टराई सवार गाडिको ठक्करबाट एक जना घाईते भएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा भट्टराई सवार गाडीले ठक्कर दिदाँ चन्द्रपुर—६ का ५५ बर्षिय  इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन्  । भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो ।

घाइते घिमिरेको सिभिल अस्पताल चन्द्रनिगाहपुरका प्राथमिक उपचार पश्चात थप उपचारका लागी बी एन बी हस्पिटल रिफर गरिएको सिभिल हस्पिटलले जनाएको छ । ठक्कर दिइएको गाडी र चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *