ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार वेवारिसे भएर ज्यान गुमाउनेलाई न्याय देउ: डा सुगम जंग केशी

फागुन १६, काठमाडौं ।

कतै  सडकमा अचेत वा कुनै दुर्घटनामा परी मृत्यु भएको अवस्थामा साथमा भएको मोबाईल वा परिचय पत्र पनी कसैले लगिदीयो भने त्यस्तो व्यक्तिको शवलाई राज्यले बेवारिसे शव भन्दछ ।

२०७७ साल माघ १५ गते गोरखापत्रमा छापिएको यो समाचार हेर्नुहोस 

त्यस्तो शवलाई राज्यले सरकारी अस्पतालमा दुई तिन दिन राख्ने र कोही खोज्न नआए नगरपालिका मार्फत अन्तिम दाहसंस्कार गर्ने गरिन्छ । यसले गर्दा एकातिर सडकमा चन्दा उठाएर बेवारिसे भई दाहसंस्कार गरिनु पर्ने र अर्कोतिर हामी हाम्रा परिवारका सदस्यहरुलाई मानिस हराएको भनी आजिवन खोज्नु पर्ने अव्यवस्था अन्त्य गर्नु पर्दछ ।

वेवारिसे शव व्यवस्थापनको लागि अन्तराष्ट्रिय अभ्यास यस्तो छ ।

भारत अमेरिका लगायतका विश्वका अन्य विभिन्न मुलुकमा बेवारिसे शव र हराएका मानिसको लागी छुट्टै वेभसाईट खोली मुखाकृति देखिने फोटो सहितको संक्षिप्त विवरण सार्वजनिक र दैनिक अद्यावधिक गरिन्छ । ति मुलुकहरुमा बेवारिसेको ८७ प्रतिसतका परिवार फेला परेको तथ्याङले बताउँछ ।

वेवारिसेको शव पहिचान गर्नुपर्छ भन्ने यो अभियान राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरी मिति २०७४ फाल्गुण ३० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले समेत कार्यान्वयनका लागि निर्णय गरेको अवस्था पनि  छ ।

वेवारिसे भएर ज्यान गुमाउनेको लागि न्याय माग्दै डा सुगम जंग केशी

सिफारिस कार्यान्वयन गर्न ढीलाई हुदां प्रत्येक दिन ३ जनाको परिवार फर्केर नआउने व्यक्तिका लागि आजिवन अनन्त प्रतिक्षा गर्नुपर्ने हुन्छ । यहि अभियान कार्यान्वयनका लागि आज ४९औ दिनदेखी डा सुगम जंग केशी माईतीघर मन्डलामा शान्तिपूर्ण धर्नामा बसेका छन् । नेपालको संविधानको धारा १५ र ३९ को उपधारा ९ ले समेत सुनीश्चीत गरेका पहिचानको 

बिपरीत दिनहु विना अभिलेख बेवारिसे शवहरु दाहसंस्कार गरेको सुन्दा र देख्दा अत्यन्त मर्माहत भएका छौ । यस्ता कार्यहरु अविलम्ब बन्द गरि मानव अधिकारको न्यूनतम मापदन्ड पूरा गराउन सबै मिली पहल गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *