मानिसहरुको बेवास्ताले जोखीम बढ्न सक्ने – विज्ञ

नेपालमा पछिल्लो केही दिनयताको तंथ्याकले कोरोना संक्रमित संख्या घट्दै गएजस्तो देखिएपनि जोखिम कम नभएको विशेषज्ञहरुले बताएका छन् । सावधानीमा बेवास्ताले भारतको महाराष्ट्रमा फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको भन्दै उनीहरुले त्यसो हुन नदिन सजग हुनुपर्ने सुझाव दिएका छन् ।
नेपालमा पछिल्लो दुइ सातादेखि दैनिक कोरोना संक्रमित संख्या एक सयको हाराहारीमा छ । दिनहुँ सयौं थपिनेगरेको यो संख्यामा कमी आएपनि जोखिम भने कम नभएको विशेषज्ञहरुको भनाई छ । खोप अभियानसमेत चलाइरहेको भारतमा केही महिनाको अन्तरालमा संक्रमित संख्या बढ्न थालेको भन्दै विशेषज्ञहरुले अहिले संक्रमित कम हुँदैमा ढुक्क हुन नसकिने बरु थप सजगता अपनाउनुपर्ने सुझाव दिएका छन् । त्यसैले रोगमा उत्तार चढाव हुन सक्छ त्यसैले हाम्रोमा जुन सुरु भएको थियो कोरोनाको लहर त्यो चाही पक्कै कम भएको हो ।
तर अहिले पहिला जस्तो पिसिआर गर्ने र समुदायमा गएर कन्ट्याक ट्रेसिङ गर्ने कामहरु भएका छैनन् त्यसैले पनि संक्रमित संख्या कम भएको जानकारहरु बताउछन् । खोपपछिको अवस्थालाइ झन् जोखिमपूर्ण भन्दै विज्ञहरुले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाउनुपर्ने बताएका छन् । संक्रमणदरमा कमी देखिएपनि जोखिम कायम रहेकोले क्वारेन्टिइन, आइसोलेसन, आइसियु र भेन्टिलेटरलाइ अझ ब्यवस्थित गर्नुपर्ने सुझाव विशेषज्ञको छ । तर हामी खोप लगाउदैमा कोरोना भाइरसबाट शत प्रतिशत नै नडराउनु भन्ने हैन खोपले जटिल हुनुबाट रोक्ने भएकोले जनस्वास्थ्यको मापदण्डलाइ निरन्तरता दिनु रहेको छ ।
संक्रमणको अवस्थालाई सामान्य मान्दै सरकारले पिसिआर प्रयोगशाला संख्या ८३ बाट घटाएर ३३मा झारेको छ । सबै क्षेत्र खुला गरिनुका साथै खोप अभियान सुरु भएपछि स्वास्थ्य मापदण्डको पर्वाह हुन छाडेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले हेलच्क्र्याईं नगर्न आग्रह गरेको छ । नयाँ प्रजातिको भाइरस भित्रनसक्ने भन्दै विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नीति सरकारले लिएको छ । दैनिक संक्रमित संख्या कमी आउँदैमा कोरोना नियन्त्रण भएको ठानेर भैरहेको हेलचेक्र्याईं भने भोलिका लागि चुनौति बन्नसक्नेतर्फ सबैको ध्यान पुग्नुपर्छ ।