सुवास नेम्वाङ र अग्नी खरेलजस्तै भिष्म पितामह बन्न चुकेका प्रदिप ज्ञवाली

काठमाडौं फागुन १६ । पुस ५ गते प्रतिनिधिसभा विघटन पश्चात दुई व्यक्तिको बहुत चर्चा भयो । ति व्यक्तिहरु थिए संविधानसभाका अध्यक्ष तथा नेकपा संसदिय दलका उप नेता सुवास नेम्वाङ र सरकारका कानुनी सल्लाहकार अर्थात् महान्याधिवक्ता अग्नी खरेल ।
पुस पहिलो र दोस्रो साता जसरी यि दुई पात्रको चर्चा भयो अहिले त्यस्तै चर्चा छ नेकपाका नेता तथा परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीको छ । नेपाली राजनीति र नतिकता भन्ने विषयलाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने बहस भइरहेका समयमा यि पात्रहरुको प्रतिकृया र परिपाटीले त्यसलाई करीव करीव पुष्टि गर्ने अवस्था श्रीर्जना भएको छ । संविधान जारी भएपश्चात नेम्वाङ र खरेलले बहुमतको सरकारले संसद भंग गर्न नसक्ने गरी संविधान निर्माण गरेको दावी गरेका थिए ।
तर उनीहरुको दावी करीव ३ बर्ष नपुग्दै उनीहरुको बोली परिवर्तनमात्र भएन त्यसकै बचाउका लागि लडाइनै लड्नु पर्ने अवस्था आयो । ओलीको छत्रछायाँ जोगाउन नेम्वाङले आफैले निर्माण गरेको संविधान र आफुले नै बोलेको वचन समेत फिर्ता लीन पर्यो । महाभारतका भिस्म पितामहको जस्तै हस्तिनापुरको पक्षबाट युद्ध गर्ने वा प्रिय पाण्डु पुत्रको पक्षबाट युद्द गर्ने भन्ने दोधारका विच विरोधका वावाजुत दुर्योधनका पक्षबाट युद्ध लडे जस्तै यि ३ पात्रले मौका पाएका थिए ।
तर उनीहरुको सत्ता स्वार्थका कारण यो संभव भएन । पछिल्लो केही हप्ता नेकपाका नेता तथा पराराष्ट्र मन्त्रि प्रदिप ज्ञवाली संसद विघटन भएपश्चात दिएको अन्तरवार्ता चर्चामा उक्त अन्तर्वातामा उनले संसद पुन स्थापना हुनै नसक्ने र पुन स्थापना भए नैतिकताका आधारमा प्रधानमन्त्री र आफुहरुले समेत राजीनामा दिने जनाएका थिए । संसद पुन स्थापना भएको एक हप्ता पुरा हुदाँ पनि न त राजीनामा आयो न त आफ्नो अभिव्यक्ति प्रति कुनै पछुतो देखिन्छ । यसरी राजनीतिक नेतृत्वमा नै नैतिकताको प्रश्न उठिरहदाँ जनतामा जाने असर कस्तो होला ।