महानगरकाे भूत भगाउन नागरिककाे धुपबत्ति

काठमाण्डौ, फाल्गुण १६ । कमलपोखरीलाई पुननिर्माण गर्ने नाउँमा पोखरीको नै अस्तित्व नरहने गरि महानगरले मास्न खोजेको भन्दै अभियन्ताहरुले महानगर घेराउ गरेका छन् ।
महानगरले पोखरीको बीचमा लगाएको कंक्रिट शुक्रबार नागरिक अभियन्ताको टोलीले भत्काएको थियो । महानगरपालिकाले सौन्दर्यकरण गर्ने नाममा कंक्रिटका संरचना बनाउन सुरु गरेको भन्दै आईतबार महानगरमा भूत लागेको भन्दै भूत भगाउन संकेतिक विरोध समेत गरेका छन् ।
ऐतिहासिक र सांस्कृतिक महत्त्वको कमलपोखरीमा केही दिन अघि रातको ससयमा पोखरी निर्माणको नाममा महानगरले पोखरी भित्रै डोजर चलाएको भन्दै रातारात विरोध भयो । अर्को दिन नागरिक अभियानत्ले कमल पोखरीको माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गरे ।



यसको केही साता वित्दा नबिद्तै महानगरले कमल पोखरीको विचमा माटो उत्खनन गरेर ढलान गरेपछि शुक्रबार नागरिक अभियन्ताहरुले ढलान भत्काईदिएका छन् । सम्पदा संरक्षण गर्ने निकायबाट नै यसको संरक्षणको नाममा पुरातात्विक अस्तित्व मास्न लागेको भन्दै पोखरी पुरानै शैलिमा निर्माण हुनुपर्ने अभियान्ताहरुको माग छ ।
धरहरा समेत आफ्नो चर्चा कमाउन पुरातात्विक बस्तु प्रयोग नगरी नवनिर्माण गरेको हुँदा अन्य सम्पदा माथीको हस्तक्षेप रोक्न आफूहरु सडकमा आएको उनिहरुले बताएका छन् । महानगरले पोखरीभित्र पाँच ठाउँमा ढलान गर्न थालेको थियो । पोखरीको बीचमा र अरू चार कुनामा कंक्रिटको कमल बनाउने महानगरको योजना छ ।



महानगरले पोखरीको बीचमा पानीको फोहोरा दिनका लागि कंक्रिट राखिएको दाबी गर्दै आएको छ । पोखरीमा कंक्रिट राख्नु र पानी सुकाउनु प्राचीन स्मारक संरक्षण ऐनविपरीत छ । ऐन मिचेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दर्ता भएको छ ।
सर्वोच्चले पोखरीको अध्ययन गरेर प्रतिवेदन बुझाउन आदेश दिएको छ । गत महिना पुरातत्त्व विभागले मौलिकता जोगाउन पत्र लेखेकै राति महानगरले पोखरीमा डोजर चलाएको थियो । डोजर लगाएर माटो निकाल्दा पानी नअडिने भन्दै संरक्षणकर्मीले विरोध गर्दै आएका छन् । माटो झिक्यो भने पनि पानी अडिँदैन र सुकाएर धाँजा फाट्यो भने पनि अडिँदैन, समयमै पोखरीमा पानी खसाउन नसके पोखरीनै हराउने भन्दै अभियानताहरुले चिन्ता व्यक्त गरेका छन् ।


३५ रोपनी क्षेत्रफलमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ । सम्पदामाथीको आधुनिकताले पुरातत्व बस्तु त मेटिन्छ नै यसले बोकेको ईतिहास र संस्कृति पनि भविष्यमा हराउने हुँदा सम्पदामाथी बारम्बार हुने हस्तक्षेप अन्त्य गर्न आफूहरु संघर्षरत रहिरहने अभियान्ताहरुको भनाई छ ।