ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जताततै ‘कम्फर्टेबल’ केवल देश र सर्बसाधारण जनतालाई मात्र ‘अन्कम्फर्टेबल’ !

सेयर गर्नुहोस
  • 27
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं फागुन १६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार भने भारत र चीन दुवैलाई कम्फटेवल हुने अभिव्ति दिएपछि यसको चौतर्फी चर्चा र आलोचना सुरु भएको छ । त्यसमाथी नेकपाका नेताहरु नै सांसद खरिद विक्रिको खेल सुरु भएको प्रतिकृया दिन थालेको भन्दै पुर्व प्रशासक सारदा प्रशाद त्रितालले सामाजिक सञ्जाल मार्फत रुष्टता प्रकट गरेका छन् ।

उनले कम्फर्टेबलको अवस्था श्रीर्जना भएको हो त भन्दै कस्तो कस्तो कम्फर्टेबल आएको भन्दै ९ बुधामा टिप्पणी गरेका छन् । जताजतै कम्फर्टेबल केवल देश र सर्बसाधारण जनतालाई मात्र ‘अन्कम्फर्टेबल’ भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले दिएका ९ बुधा जस्ताको तस्तै :

जताततै ‘कम्फर्टेबल’ अवस्थाको सिर्जना भएकै हो त !

सत्तारुढ ‘कमाउनिष्ट’ पार्टीका दुबै ‘गुट’ का प्रवक्ताहरुद्वारा ‘सांसद खरीद बिकी’ को शुरुवातको पुष्टि भएको छ ।

त्यसो त केही महिना अगाडि सत्तारुढ दलका ‘पाहुना अध्यक्ष’ द्वारा ‘मूली अध्यक्ष’ लाई र मूली अध्यक्षले पाहुना अध्यक्षलाई ‘को बढी भ्रष्टाचारी’ भनी पार्टीमा फिरादपत्र र प्रतिवादपत्र दर्ज गरिसकेको सन्दर्भमा अहिले ‘सांसद खरीद बिक्री’ को कुरा उठ्नु अस्वाभाविक पनि होइन ।

‘सर्वहारा’ वर्गको नाममा राजनीति गर्ने ‘खर्बहारा’ हरुको यस चरित्रको पुष्टि हुनुले धेरैलाई ‘कम्फर्टेबल’ भइरहेको अनुमान गर्न सकिन्छ ।

हेरौं कस्लाई कस्तो ‘कम्फर्टेबल’ भएको छ-
१ अन्य कम्युनिष्ट दलका नेताहरुको लागि सत्तारुढ दलका नेताहरुलाई ‘गद्धार’ भनी गाली गर्न थप ‘कम्फर्टेबल’ ।

२ नेपाली कांग्रेसभित्रका ‘भ्रष्टांग्रेस’ हरुलाई आगामी मिलिजुली सरकारमा सहभागी हुनु पर्छ भनी उफ्रिन थप ‘कम्फर्टेबल’ ।

३ मधेशकेन्द्रित दलका सुतुरमुर्गे नेताहरुलाई ‘च्याँखे’ र ‘जितौरी’ को भाउ बढाउन ‘कम्फर्टेबल’ ।

४ विवेकशील साझा जस्ता नवोदित पार्टीलाई भ्रष्टाचारको मुद्धालाई पेचिलो बनाउन थप ‘कम्फर्टेबल’ ।

५ रबी लामिछाने, ज्ञानेन्द्र शाही जस्ता अभियन्ताहरुको लागि मसला खोज्न थप ‘कम्फर्टेबल’ ।

६ सबैखाले ‘माफिया’ हरुलाई दलका नेताको नजिक हुन, संरक्षण प्राप्त गर्न र थप माफियागिरी गर्न ‘कम्फर्टेबल’ ।

७ ‘डन’ हरुलाई ‘सुपरडन’ सँग बढी तनखाको लागि बार्गेनिङ गर्न ‘कम्फर्टेबल’ ।

८ अपराधीहरुलाई थप अपराध गर्न ‘कम्फर्टेबल’ ।

९ भ्रष्ट कर्मचारीहरुलाई आआफ्नो गुटका नेताको लागि थप रकम भ्रष्टाचार गर्न र थप संरक्षण प्राप्त गर्न ‘कम्फर्टेबल’ ।

केवल देश र सर्बसाधारण जनतालाई मात्र ‘अन्कम्फर्टेबल’ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *