ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा कम्जोर बन्दै गर्दा संसदिय दलमा भने ओलीपक्षको पल्ला भारी

काठमाण्डौं फागुन १६ । सर्वोच्च अदालतले संसद पुन स्थापना गरेसंगै संसदिय खेल रोचक बन्दै छ । फागुन २३ गतेका लागि संसद बैठक बोलाउने सिफारिस गरेसंगै नेकपा भित्र ओलीले आफ्नो तागत बढाएका छन् । नेकपाको औपचारिक फुटको घोषणा नभएको अवस्थमा संसदिय दलमा आफुलाई बलियो बनाउन ओलीले संसदिय दल आफ्नो पक्षमा पार्ने प्रयास गरेके छन् । पुन स्थापना पछि ओलीले राजिनामा दिने अपेक्षा गरिएकोमा ओलीले संसदमा अविस्वासको प्रस्ताव फेस गर्ने जनाएका छन् ।

संसद पुन स्थापना पछि सरकार अझ शक्तिशाली भएको संसदिय दलका उपनेता सुवास नेम्वाङले दावी गरिरहदाँ ओलीले प्रमुख सचेत परिवर्तन गरेका छन् । दाहाल-नेपाल निकट देव गुरुङलाई  सचेतकबाट हटाएका ओलीले आफु निकट विशाल भट्टराईलाई त्यसको जिम्मा दिएका छन् ।

संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता उनकै पक्षका नेता सुवास नेम्वाङ । संसदीय दलको बैठकको वैधताका लागि संसदीय दलका नेता या उपनेताले नै निर्णय गर्नुपर्छ । संसदीय दलको बैठक २३ गतेभन्दा अगाडि विधिपूर्वक बोलाउने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बताउछन्  । नेकपा संसदीय दलको विधानअनुसार दलको एक चौथाइ अर्थात २५ प्रतिशत सांसदले बैठक राख्न माग गर्दै दलका उपनेतालाई निवेदन दिनुपर्छ । संसदीय दलको एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनेर लिखित रूपमा पेश गरेको खण्डमा १५ दिनभित्र बैठक बोलाउनैपर्ने व्यवस्था विधानमा छ ।

नेकपाको संसदीय दलभित्र हुने निर्णयले नेकपा र भावी सरकारबारे महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ तर, संसदीय दलमा आफ्नो पल्लाभारी बनाउन दुवै पक्षले आन्तरिक खेल सुरु गरिसकेका छन् । यसमा केपी ओली अगाडी देखिन्छन् । यसरी संसद भित्र ओली पक्ष केही कम्जोर देखिएपनि संसदिय दल भित्र भने ओलीले आफ्नो पकट बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *