आज फागुन १६ गते तपाईको राशिफल
आज मिति २०७७ साल फागुन १६ गते आइतबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २८ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, पूर्वफाल्गुनि नक्षत्र, प्रतिप्रदा तिथी, धृति योग, कौलव करण, आज चन्द«मा बेलुकी ४ बजेर ५४ मिनेटसम्म सिंह राशीमा रहनेछ, त्यसपछि कन्या राशीमा प्रवेश गर्नेछ । आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५३ मिनेटबाट १२ बजेर ३९ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानको १० बजेर ५० मिनेटबाट १२ बजेर १६ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोको ४ बजेर ३६ मिनेटबाट ६ बजेर २ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।
मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेलुकीसम्म व्यर्थमा अलमलिने खालको समय छ, सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुले दुख दिन सक्नेछन । मन अशान्त हुने, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । रोगव्याधिले सताउन सक्छ, सामाजिक छवि खराब हुन सक्ने योग चलेकोले आज विवादबाट टाढै रहनु होला । व्यवसायमा बाधा भएकोले लगानी गर्दा जानकारको सल्लाह लिनु होला । यात्रा गर्दा वा सवारी साधन चलाउँदा भने आज सावधान हुनु पर्नेछ ।
वृष राशीः इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
दिन अनूकुल नहुन सक्छ, मन स्थिर रहने छैन, दोष वा आरोप लाग्ने, पारिवारिक मनमुटाव हुने, आफन्तहरुसँग विवाद हुने आदि अवस्था आउन सक्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ र गृह कलह बाट आज सकेसम्म टाढा रहनु भएमा उत्तम हुनेछ, कसै कसैलाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्छ, व्यवसायमा गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ,
मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, हा
बेलुकी ५ बजेसम्म दिन राम्रो रहनेछ । विविध प्रकारको लाभ को साथै गरेका कार्यहरुमा सफलता पाइने, मान सम्मान मा वृद्धि को साथै शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने, कसै कसैलाइ भ्रमण वा यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवात लगायत गर्नुपर्ने बाँकी कार्यहरु बेलुकी ४ बजे अगावै सम्पन्न गरिसक्नु भएमा उत्तम हुनेछ । विद्यार्थीहरुको लागि दिन शुभ छ ।
कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेलुका ५ बजेसम्म दिनलाई सावधानीपूर्वक अगाडि बढाउनु होला । दिनको शुरुमा व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, चित्त दुख्ने, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, मनमा गलत विचारहरु आउने लगायतका समस्याहरु देखा पर्न सक्छन । आज तँपाइको धन, घरपरिवारको लागि वा अचल सम्पत्ति जिन्सी आदि खरीद गर्नमा खर्च हुन सक्नेछ । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढन नदिनु होला अन्यथा पारिवारिक सुखमा कमि आउन सक्छ, कसै सँग पनि विवाद नगर्नु भएमा श्रेयस्कर हुनेछ अन्यथा कुनै पनि बेला अचानक विवादले उग्र रुप लिन सक्छ , विश्वास गरेकाले धोका दिन सक्नेछन् , मित्र अथवा नजीकको मान्छेको कारणले चित्त दुख्न सक्छ । शारिरिक पीडा, चोटपटक दुर्घटना आदि हुन सक्ने सम्भावना पनि बेलुका सम्म कायमै छ ।
सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेलुकासम्म दिन उत्साहजनक रहनेछ, मनलाई स्थिर राखी धैर्यताका साथ कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुन सक्छ, अथवा कुनै शुभ समाचारले मन प्रफुल्लित बनाउन सक्छ । दिमागलाई महत्वाकाँक्षी विचारहरुले सकारात्मक रुपमा उर्जीत गर्नेछन । रमाइलो खानपान र पारिवारिक भलाकुसारी हुन सक्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने दिनको रुपमा रहेकोले प्रयास चाँही गर्नु होला । मित्रहरुले सहयोग गर्नेछन, घरमा अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्न सक्नेछ, व्यापार व्यवसायमा सकारात्मक परिवर्तनको समय छ, नयाँ शूरुवात गर्न लाग्नु हुँदैछ भने बेलुकी सम्म दिन शुभ छ ।
कन्या राशीः टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बेलुकासम्म दिन अनुकुल नरहने । शारिरिक शिथिलताले दिन अमिलो बनाउन सक्नेछ, पराक्रममा कमी आउने, आर्थिक तथा सामाजिक परेशानी हुनसक्ने भएकोले सावधान रहनु होला ।। परिवार तथा वरपरिकाहरुसँग देखा परेको असममmदारी ले मानसिक अशान्ति र छटपटि बढाउन सक्नेछ, व्यापार व्यवसायमा थप लगानी वा ऋण लिनु पर्ने अवस्था पनि आउन सक्छ । बेलुका ५ बजेपछि भने समय अनुकुल बन्दै जानेछ ।
तुला राशीः रा, रि, रु, रे, रो, ता, ति, तु, ते
बेलुका सम्म दिन शुभ रहने छ । मन प्रसन्न हुने खालको समाचारहरु आउन सक्नेछ । संवाद र छलफलले ठूलो समस्याबाट मुक्त हुन मद्दत गर्नेछ, सहकार्यले तँपाइलाइ आफना योजना र लक्ष्यहरुलाइ सही दिशा प्रदान गर्नेछ र अडकिएका कार्यहरुले गति लिनेछन । आज भोग विलास, परिकारजन्य खानपान वा रमाइलो जमघटमा रुचि जाग्न सक्छ, आय स्रोतको नयाँ बाटो फेला पर्न सक्ने सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला, मनमा धेरै कुरा सोच्न छोडिदिनुभएमा दिन सुखमय बित्नेछ । विवादबाट भने आज टाढा रहनु होला ।
वृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन अनुकुल रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन देखिन सक्छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको खुबिको अरुले प्रशंसा गर्ने छन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । जेष्ठ नागरिकको आशिर्वाद र सहयोग लिनु होला, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।
धनु राशीः ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
बेलुका सम्म दिन प्रतिकुल रहन सक्छ । भाग्यमा अवरोध आइरहेकोले बिना कारण झगडा हुने, अपमान हुने वा नसोचेको दोष लाग्ने सम्भावना छ । आफनो स्वास्थयको विषेश ख्याल राख्नु होला । मित्रहरुसँग वा सहकर्मीहरुसँग वा नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद बाट सकेसम्म बच्नु होला। कसै कसैलाई छोटो दुरीको निरर्थक भ्रमण हुने योग पनि देखिएको छ । पार्टनरशीप व्यवसायमा समस्या आउन सक्छ । दाम्पत्य सुखमा बाधा र कलहले दुख पाइनेछ,
मकर राशीः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दिन सोचे नहुन सक्छ । कष्टदायी अनुभव हुने, रोगले सताउने, चिन्ता पर्ने , धन हानी वा अनावश्यक खर्च हुने, अरुसँग विवाद र झगडा आदि हुने योग छ । मनमा केही कुराको डर लागिरहने हुन सक्छ । पारिवारीक मmमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनुहोला । बोलिको कारणले अपठयारोमा पर्न सकिन्छ । जागीर वा व्यवसायमा जिम्मेवारी परिवर्तन को संकेत देखिन सक्छ । दाम्पत्य सम्बन्ध जोगाउनु होला, कसै कसैलाई अवैध तथा गुप्त सम्बन्धमा गाँसिनु पर्ने अवस्था आउन सक्छ ।
कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, दा
दिन बेलुका ५ बजेसम्म दिन राम्रै रहनेछ । धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन, रमाइलो जमघट र स्त्री सुखमा रुचि बढन सक्छ । कसै कसैलाई घरबाट टाढा जानु पर्ने अवस्था आउने अथवा टाढाको मान्छेसँग भेट हुने सम्भावना पनि रहेको छ ।
मीन राशीः दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
दिन राम्रो रहनेछ । धन लाभको स्थिती बन्नेछ, आँटेको काम पुग्ने , दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोग मुक्त भइने वा सुधारोन्मुख हुने, विरोधिहरु माथि विजय प्राप्त हुने, कुनै कार्यको लागि रिन लाभको अवस्था आउन सक्छ, व्यापार व्यवसायमा लाभ छ, लगानी लाई आज दिन शुभ छ, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ,